कञ्चनपुरमा स्कारपियो दुर्घटना
कञ्चनपुरमा स्कारपियो दुर्घटना भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका –५ बनदेवी जंगलमा महेन्द्रनगरबाट धनगढी तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ४८०४ नम्बरको स्कारपियो गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा परी स्कारपियोमा सवार अन्दाजी १५ वर्षका एक बालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
चालकका अनुसार गुडिरहेको गाडी अगाडी आएको जनावरलाई बचाउन खोज्दा अनियन्त्रीत भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ। घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
५ असोज २०७८, मंगलवार १६:१८ बजे प्रकाशित












