भीरबाट लडेर महिलाको मृत्यु

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–९ बलाँचका ६० वर्षीया राधिका खडायतको भीरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकै रहेको जङ्गलमा खर काट्न गएको बेला मंगलबार मध्यान साढे १२ बजे उनी लडेर घाइते भएकी थिइन् । घाइते खडायतलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल पुर्‍याउँदा उनको बाटोमै मृत्यु भएको स्वास्थ्यकर्मीले घोषणा गरेका थिए ।

यस्तै मालिकार्जुन गाउँपालिका ३ का ५ वर्षीय भुपेस पाल रुखबाट खसेर घाइते भएका छन् । अम्बा टिप्न रुखमा चढेको बेला उनी खसेर घाइते भएका हुन् । घाइते साउँदलाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।


५ असोज २०७८, मंगलवार १५:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु