गाडीमा ढुङ्गा लागेर क्षति

दार्चुलाको मार्मा रिलपहिरो क्षेत्रमा ढुङ्गा खस्दा दुई वटा गाडीमा क्षति पगेको छ । रिलपहिरोका कारण रोकिएर राखिएका गाडीमा सडकमाथिबाट ढुङ्गा खस्दा बा २१ च ७२७९ नम्बरको स्कारपिओ र से १ ज ८४९ नम्बर बुलेरो जीपमा क्षति पुगेको हो ।

स्कारपिओ चालक कञ्चनपुरका गणेश भटट, र बोलेरो चालक बैतडीका सन्तोष जागरी भने सकुसल छन् । रिलपहिरोमा पिहरो भन्दा वरै रोकेर राखिएका गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

दुवैगाडीको अगाडि पट्टीको भागमा क्षति पुगेको छ । यात्रुको प्रतिक्षामा रहेका दुवै गाडीमा क्षति पुगेको हो ।


५ असोज २०७८, मंगलवार १५:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु