डोटीमा बस दुर्घटना

डोटीमा बस दुर्घटना भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका –४ सेती प्राविधिक शिक्षालय दिपायल नजिक बस दुर्घटना भएको हो । सुदुरपश्चिम यातायात प्रलीको ना ४ ख ७५५४ नम्बरको बस दुर्घटना भएको हो।

धनगढी बाट अछाम मंगलसैन जाँदै गरेको बसले दिपायल बाट शिखर नगरपालिकाको मुडभरा जाने बलेरो जिपलाई साईड दिँदा बस नालीमा खसेको हो ।

दुर्घटनामा मानविय क्षेति भन्ने नभएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुप सिंह थापाले जानकारी दिए ।


५ असोज २०७८, मंगलवार १५:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु