punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

४६२ पदका लागि सेनाद्वारा दरखास्त आह्वान

Chaupati
safha napa

नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले बिहीबारको गोरखापत्र दैनिकमा सूचना जारी गर्दै चार सय ६२ जनाको लागि दरखास्त आह्वान गरेको हो।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट सेनाले दरखास्त आह्वान गरेको छ।

सूचनामा सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई पनि सेनाले खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्थासहित दरखास्त आह्वान गरेको छ।

सैगरी समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि पनि आरक्षण सिटसहित आवेदन माग गरिएको छ।

सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले दरखास्त आह्वा गरेको हो।

भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। त्यसका लागि नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण गरिने सेनाले जनाएको छ।

हेर्नुहाेस् सूचना-


३१ भदौ २०७८, बिहीवार ०९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु