punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाँच किलो चाँदीसहित दुई भारतीय पक्राउ

Chaupati
safha napa

ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ।सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको अवस्थामा करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित उनीहरु पक्राउ परेका हुन्।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए। रासस


३१ भदौ २०७८, बिहीवार ०९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु