punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय जनगणना २०७८ सुरू, के-के सोध्छन् विवरण लिन आउनेले?

Chaupati
safha napa

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना सुरू भएको छ।बुधबारबाट देशैभरि सुपरीवेक्षकहरूले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम सुरू गरेका छन्।

यस वर्षको जनगणनामा ८ हजार ५ सय जना सुपरीवेक्षक परिचालन गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागका अनुसार स्नातक गरेका युवायुवतीहरू यस वर्ष सुपरभाइजरको रूपमा खटिएका छन्।

विभागका अनुसार देशभर करिब ७० हजार घर परिवारमा सुपरीवेक्षकहरू पुग्नेछन्। घर तथा घरपरिवार सूचीकरण बुधबारबाट सुरू भएर असोज १८ अर्थात् २० दिन सञ्चालन हुनेछ।

दोस्रो चरण अर्थात् जनगणना कात्तिक २५ देखि १५गतेसम्म सञ्चालन हुनेछ। जनगणनाका दुई चरणमध्ये यसलाई विभागले पहिलो चरण भनेको छ।

विभागका जनगणना शाखाका प्रमुख ढुण्डीराज लामिछानेका अनुसार सुपरीवेक्षकलाई मुख्यगरी छ वटा जिम्मेवारी दिइएको छ।

घर तथा घरपरिवार सुचिकरण फारम भर्ने, मोबाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सूचीकरण फारम भर्ने, सामुदायिक प्रश्नावली भर्ने र गणकको अनुगमन गर्ने।

सुपरीवेक्षकहरूले घर तथा घरपरिवारमा गएर सात वटा विवरण लिने विभागले जनाएको छ।

यस गणनामा सुपरीवेक्षकले घर तथा घरपरिवारमा गएर विवरण लिने छन्।

के–के विवरण लिइन्छ ?

•तपाईंको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्य लिङ्गीहरूको संख्या कति छ? (अन्य लिङ्गी भन्नाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति भन्ने बुझिन्छ।)

•तपाईं बसोबास गर्नु भएको घर वा अन्य प्रकारका घरको प्रयोग कसरी भएको छरु (यस प्रश्नबाट आवासीय, व्यापार व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग तथा कलकारखाना, बैंक तथा वित्तीय संस्था, संस्थागत, होटल तथा लज, गोठ तथा धन्सार र खाली घरहरूको संख्या प्राप्त हुन्छ।)

•तपाईंले उपभोग गरेको कृषि योग्य जग्गा जमिन र परिवारले पालन गरेको पशुपन्छीहरूको संख्या कति छ?

•तपाईंको परिवारले सरकारी अनुदान अन्तरगत आवासीय घर निर्माण गरेको छरछैन।

•तपाईंको घरमा कति जना व्यक्तिको नाममा बैंक वा वित्तीय संस्थामा खाता छरु

•तपाईंको परिवारमा प्राविधिक तथा व्यावशायिक शिक्षा वा तालिम लिएका व्यक्ति कति जना छन्रु

•तपाईंको परिवारले बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएको छरु

केन्द्रीय तथ्यांक विभागले घर तथा घरपरिवार सूचीकरणको काममा सहयोग गर्न सबै उत्तरदातालाई अनुरोध गरेको छ। विभागले एक प्रेस विज्ञप्ति जारी गरेर सबैलाई जनगणनाको अपनत्व लिइदिन भनेको छ।

‘देश विकासको मेरुदण्डको रुपमा रहेको जनगणनामा आउने सुपरीवेक्षक र गणकलाई सही तथ्यांक उपलब्ध गराउनु हामी सबैको दायित्व हो। त्यसैले, यस जनगणनामा आउने सबैको सहभागिता रहोस भनेर मेरो जनगणना, मेरो सहभागिता भन्ने नारा तय गरिएको हो,’ विभागको विज्ञप्तिमा भनिएको छ।


३० भदौ २०७८, बुधवार १७:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु