punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका ७० जनामा कोरोना संक्रमण

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका ७० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार मंगलबार प्रदेशका विभिन्न अस्पतालमा गरी एक हजार २२ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार प्रदेशमा २ सय ३५ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा ४१ र ७ सय ८७ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका संक्रमित संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४६ हजार ६ सय ७४ पुगेको छ । संक्रमित मध्य ८ सय ८६ जनाको मृत्यु भएको छ । शुक्रबार भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार मंगलबा प्रदेशका विभिन्न अस्पतालमा उपचाररत २४ जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण निको हुनेको संख्या ४६ हजार ४ रहेको छ ।


२९ भदौ २०७८, मंगलवार १८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु