सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा पुनः जोशी

सेती महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा पुनः चेतराज जोशी चयन भएका छन् ।

शनिबार धनगढीमा भएको संघको १० औं साधारण सभा तथा ८ औं अधिबेशनले आगामी तीन वर्षका लागि जोशीलाई पुनः निविरोध चयन गरेको हो ।

साधारणसभाले अध्यक्षलगायत संघका सम्प्ूर्ण पदाधिकारी निर्बिरोध चयन गरेको छ । संघको बरिस्ठ उपाध्यक्षमा धर्मपाल सिंह रावत, बिरेन्द्रबहादुर सिंह (प्रशासन उपाध्यक्ष) र धनबहादुर बिष्ट (उद्दार उपाध्यक्ष) चयन भएका छन् ।

त्यस्तै संघको महासचिवमा दुर्गा प्रसाद जोशी, सचिवमा मोहन सिंह साउद, सह–सचिवमा तारा धामी, कोषाध्यक्षमा ध्रुबराज कार्की र सह–कोषाध्यक्ष रमेश बम चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा योगेन्द्र (यम) बम, लोकराज जोशी, हरिश अवस्थी, हरि सिंह महरा, लक्ष्मणबहादुर शाह, प्रेम बिष्ट, सुरेन्द्र बहादुर रावल, रमेशप्रसाद बोहरा, सुरेश रिजाल, दीपक भट्टराई र धनबहादुर साउदसहित ११ जना चयन भएका छन् ।

संघका अध्यक्ष जोशीको अध्यक्षतामा भएको साधारणसभा नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष उपेन्द्र बिष्ट प्रमुख अतिथि थिए ।


२६ भदौ २०७८, शनिवार १७:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु