punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकजना बृद्धा बैतडीको आइसोलेसनमा भर्ना

Chaupati
safha napa

बैतडी : बैतडीमा एकजना ५८ वर्षीया बृद्धालाई मंगलबार जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। कोरोना भाइरस जस्तै सम्भावित लक्षण देखा परेपछि दशरथचन्द नगरपालिका ७ की बृद्धालाई आइसोलेसनमा राखेर उपचार थालिएको जिल्ला अस्पताल बैतडीका डाक्टर बसन्तराज जोशीले जानकारी दिए।

उनले मंगलबार बिरामी भएर अस्पताल आएकी बृद्धालाई चेकजाँच गर्दा १००.४ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि उनलाई आइसोलेसनमा राखिएको बताए। ५ दिनदेखि बिरामी भएर अस्पताल आएकी बृद्धालाई ज्वरो, खोकी, श्वासप्रश्वास समस्या देखिएकोले अस्पतालले सावधानीपूर्वक कोरोना सम्भावित हुनसक्ने भन्दा भर्ना गरेको हो।

आइसोलेसन भर्ना भएकी बृद्धा १० दिन अगाडि कैलालीको सुख्खडबाट बैतडी आएको बुझिएको छ। उनलाई यसअघि दमको समस्या पनि रहेको बताइएको छ।   बृद्धाको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने तयारी भएको अस्पतालले जनाएको छ।

 यसैबीच आइसोलेसन वार्डमा भर्ना भएका बृद्धाका परिवारलाई अलग अलग कोठामा तथा क्वारेन्टाइनमा राखिएको छ। जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सहयोगमा उनीहरूलाई अलग्गै राखिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए। 


१२ चैत २०७६, बुधवार १०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु