गाउँपालिकाका अध्यक्ष र शिक्षा शाखा अधिकृत सम्मानित

बडीकेदार गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयमा कार्यरत कर्मचारीको तलब गाउँपालिकाले वृद्धि गरेपछि गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्द र गाउँपालिकाका शिक्षा शाखा अधिकृत विवेक देउवा सम्मानित हुनु भएको छ ।

गाउँपालिका को निर्णय अनुसार विद्यालय तहअनुसार कार्यालय सहयोगी को तलब वृद्धि भएपछि बडीकेदार गाउँपालिका वाड नम्बर २ विष्णु माध्यामीक विद्यालयका बरालगाँउमा कार्यारत कार्यालय सहयोगी गोरख बहादुर पनाडीले खुशिहुँदै गाउँपालिका का अध्यक्ष चन्द र शिक्षा अधिकृत देउवालाई दोसल्ला ओढेर सम्मान गरेका हुन ।

गरिबको पेटमा गाँस भर्ने काम गरेका ले केही भयपनि आफूलाई राहत महसुस भएको पनाडीले बताए । साथै “उनले भने नेपाल सरकारले दिइरहेको सेवा सुविधामा गाउँपालिकाले केही रकम थपेर दिनुभएपछि आफूलाई थप काम गर्ने हौसला प्रदान भएको पनाडीको भनाई छ ”।

 


२६ भदौ २०७८, शनिवार १६:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु