एमाले कैलालीको समानन्तर कमिटी नेकपा (एस) मा समाहित
नेकपा एमाले बाट निर्वाचित कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारी नेतृत्वको समानन्तर कमीटी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा समाहित संगै पुर्नगठन भएको छ ।
शुक्रबार धनगढीमा बसेको समानान्तर कमिटीको बैठकले एमाले छोडेर माधव नेपाल पक्षिय नेकपा (एस) मा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव विमल जोशीले बताए ।
एमालेका निर्वाचित अध्यक्ष दीर्घ सोडारी अध्यक्ष रहेको १५१ सदस्यीय समानान्तर कमिटी नेकपा (एस) मा गएको हो । निर्वाचित ९६ सदस्यीय कमिटीका ५६ जना नेकपा (एस) मा गोलवद्ध भएका छन् ।
यसैवीच शुक्रबार नै नेकपा (एस) को प्रथम बैठक बसेको छ । केन्द्रीय सदस्य माया भट्टको प्रमुख आथित्यतामा भएको बैठकमा पुराना नेता दिनेश चन्द्र सुवेदी, हनुमान चौधरी, तत्कालिन एमालेका प्रदेश कमिटी सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, हिक्मत कुँवर लगायतको उपस्थिति छ । सुवेदी र चौधरीले बैठकमा उपस्थित सहभागिताले आफूहरु उत्साहित भएको बताए ।
बैठकमा अध्यक्ष सोडारीले आफूहरुकै पहलमा पहिलो पटक कैलालीमा स्थानीय तह, संघ र प्रदेशमा पहिलो पार्टी भएको इतिहास रहेको बताउदै सक्रियता र एकतावद्ध भए अझै बलियो पार्टी बनाउन सक्ने दावी गरे ।
२५ भदौ २०७८, शुक्रवार १८:०४ बजे प्रकाशित













