सुन चाँदीको मूल्य बढ्यो, यस्तो छ बजार
काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैँयाले बढेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज आइतबार सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार बजारमा सुन तोलाको ७५ हजार ५ सयमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलाको ७६ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ७२० कायम गरिएको छ । चाँदी तोलाको २० रुपैंया बढेको हो ।
(अन्नपूर्ण पोष्टबाट)
१२ चैत २०७६, बुधवार ०२:४३ बजे प्रकाशित













