कोरोनाको कहर बढ्दै : मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो

काठमाडाैं चैत १२, २०७६
विश्वभरमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय नाघेको छ ।
बुधवार ७: ४५ बजेसम्मको तत्थ्यांक अनुसार १८ हजार ८ सय ९१ जनाले ज्यान गुमाएको कोरोनाबाट ४ लाख २२ हजार ६ सय १३ जना संक्रमित भएका छन् । हालसम्म १ सय ९७ राष्ट्रमा फैलिएको कोरोनाबाट १ लाख ८ हजार ८ सय ७९ जना उपचारपछि घर फर्किएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
पछिल्लो समय युरोपमा अनियन्त्रीत देखिएको कोरोनाको प्रभाव अमेरिकामा पनि बढ्दो क्रममा छ। वितेको २४ घण्टामा इटलीमा थप ७ सय ४३ जनाले ज्यान गुमाएपछि, कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।
वितेको २४ घण्टामा स्पेनमा थप ६ सय ८०, फ्रान्समा २ सय ४० जनाले ज्यान गुमाउँदा, बेलायतमा अहिले सम्मकै बढी एकै दिन ८७ जनाको ज्यान गएको छ । यो संगै बेलायतमा कोरोनका कारण ज्यान गुमाउनेको संख्या ४ सय २२ पुगेको छ । त्यस्तै वितेको २४ घण्टामा नेदरल्याण्डस्मा थप ६३, जर्मनीमा, ३६ र बेल्जीयममा ३४ जनाले ज्यान गुमाएको बताइएको छ ।
१२ चैत २०७६, बुधवार ०२:३० बजे प्रकाशित