भीरबाट लडेर एक महिलाको मृत्यु
दार्चुलामा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका गणेश सिंह ठगुन्नाकी धर्मपत्नी २५ वर्षीया सुनिता ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको हो।
मार्मा गाउँपालिका वडा नम्बर ६ को देवल भन्ने वन क्षेत्रमा शनिवार बिहान घाँस काट्न गएकी सुनिता सोही क्षेत्रको भीरबाट लडेर मृत्यु भएको छ । मृतक ठगुन्नाका श्रीमान् र एक छोरा रहेको प्रहरीले जनाएको छ ।
१९ भदौ २०७८, शनिवार १७:३६ बजे प्रकाशित































