punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिसस कैलालीका उपप्रमुखसहित तीन जना एकीकृत समाजवादीमा

Chaupati
safha napa

जिल्ला समन्वय समिति कैलालीका उपप्रमुखसहित तीन जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।समन्वय समितिका उपप्रमुख सुन्दरी चौधरी, सदस्य मालतीदेबी विक र देवी भण्डारीले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

समन्वय समितिमा एमालेका ६ जनामध्ये पाँच जना एकीकृत समाजवादीमा आउने दाबी गरिएको छ ।समन्वय समिति सदस्य टेकबहादुर बुढा र ललित साउँदले पनि आइतबार सानाखत गर्ने नेकपा समाजवादीका नेता विमल जोशीले बताए ।

उनका अनुसार बुढा र साउँद यसअघि नेपाल समूहका खुलेका थिए । जिसस प्रमख सूर्यबहादुर थापा भने एमालेमै छन् ।९ जनाको जिल्ला समन्वय समितिमा तीन जना जनता समाजवादी पार्टी (जसपा)का सदस्य छन् ।

जसपा विभाजित भएपछि उनीहरू कतै पनि खुलेका छैनन् । जसपा विभाजित बनेपछि महन्त ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरिएको छ ।


१८ भदौ २०७८, शुक्रवार १६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु