punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुर्व प्रधानमन्त्री भट्टराई र युबा नेता महर बीच भेट

Chaupati
safha napa

पूर्व प्रधानमन्त्री भट्टराई र युवा नेता महर बिच भेट भएको छ । जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नेपाली काँग्रेसका नेता तथा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष नयन सिंह महर बिच शनिवार धनगढीको रुवस होटेलमा भेट भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको महरले जानकारी दिए। भेटमा नेता महरले देश र जनताको पक्षमा भट्टराईले उठाएका मुद्दाहरू साँच्चीकै अब्बल भएको र त्यसको कार्यान्वयनमा ध्यानकेन्द्रीत हुन नसकेको जानकारी गराए । पूर्व प्रधानमन्त्री भट्टराईले यस बारेमा थप छलफल बहस गरेर निष्कर्षमा पुग्नु पर्ने कुरामा जोड दिए । धनगढी पुगेका भट्टराई र महर पाटी काम विशेषले धनगढी आएका हुन ।

पूर्व प्रधानमन्त्री भट्टराई पाटी फुटे पछि पहिलो पटक धनगढी आएका हुन उनी धनगढीमा हुने जनता समाजवादी पाटीको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्न धनगढी आएका हुन भने नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष नयन सिंह महर भने आसन्न १४ औँ महाधिवेशन लाइ लक्षित गरी भेटघाट गर्न तथा पाटीले आयोजना गरेका कार्यक्रममा सहभागी हुन धनगढी आएका हुन ।


१२ भदौ २०७८, शनिवार १८:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु