punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘हामी एकताको तमसुक हेरेर मख्ख पर्‍यौँ, ओलीले प्रधानमन्त्री लगेको लग्यै गरे’

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन अवस्थामा नेकपा एमालेसँग गरिएको एकताबाट कुनै उपलब्धी हुन नसकेको बताएका छन्।

भातृसंगठन योङ कम्युनिष्ट लिग नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका क्रममा अध्यक्ष दाहालले एमालेसँगको एकताले आफूलाई पछुतो हुने अवस्था आएको पनि बताए।उनले केपी शर्मा ओलीले प्रधानमन्त्री पदका लागि एमाले र माओवादीबीच एकता गराएको कुरा आफूले अहिले आएर मात्रै बुझेको पनि दाहालले बताए।

‘एमाले–माओवादी एकताका नाममा ओलीले त प्रधानमन्त्री प्राप्त गर्न ठगीधन्दा पो चलाएका रहेछन्, उनले भने, देशको कम्युनिष्ट शक्तिलाई बलियो बनाउन भनेर एकता गरेका थियौँ। हामी यता एकताको तमसुक हेरेर बस्यौँ। उता ओलीले प्रधानमन्त्री पद लगेको लग्यै गरे।

आफूलाई अहिले पनि केपीसँगको एकताबाट के पाइस् भनेर सोधिने गरेको उनले बताए। अस्ति भर्खर पनि पाँच दलको बैठकमा मलाई कांग्रेससहितका साथीहरुले यही कुरा सोध्नु भयोु, उनले भने, अरु मैले के भनौँ र केपीसँगको एकताबाट ज्ञान प्राप्त गरेर आएँ भनिदिएँ।

उनले ओलीले मनपरी गरे पनि उनलाई सत्ताबाट झारेरै छाडेको पनि बताए। वादशाहलाई घोडाबाट ढाले जसरी ओलीलाई सत्ताबाट ढाल्यौँ, उनले भने, अब हामी यस्ता प्रवृत्तिसँग लड्दै औजार समातेर सांस्कृतिक रुपान्तरणका लागि होमिनुपर्छ। अब हामीले समाजवादको नयाँ सेना बन्नु छ।


१२ भदौ २०७८, शनिवार १७:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु