punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भिरबाट लडेर युवा सङ्घका जिल्ला सदस्यको मृत्यु

Chaupati
safha napa

भिरबाट लडेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर भाट घाइते भएका थिए । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४:० बजे धनगढी रेफर गरिएको थियो ।

उनको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका एक छोरा र श्रीमती छन् ।रासस


१२ भदौ २०७८, शनिवार ०९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु