punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरा पर्वको दोस्रो नानी गौरा मनाइँदै

Chaupati
safha napa

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराको दोस्रो दिन। चार दिनसम्म मनाइने गौराको दोस्रो दिनलाई ‘नानी गौरा’ भनिन्छ।व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न)ई आज नजिकका धारा, तलाउमा लगेर धुन्छन्।

सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका गोल्मा भाटले बताइन्।

बिरुडापञ्चमी तथा हिजो भिजाएका बिरुडाले गौराको पूजाआजा गरिन्छ। बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन छ। आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझ मिठोमसिनो खानुका साथै बिरुडा र फलफूलसहित व्रतालु महिलाहरुले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्दछन्।

पौराणिक कालमा भगवान शिवको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गर्दा प्राप्त भएको विश्वास छ। त्यति बेलादेखि गौरा र शिवको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा रहेको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्ट बताउँछन्।

दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो। भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। भोलि नै महिलाहरुले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्दछन्।

तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्।गौराको समयमा सामूहिक रुपमा देउडा, ठाडो खेल, ढुस्को, धमारी लगायतका सांस्कृतिक खेलहरु खेलिन्छ।

कोरोना भाइरसका कारण सामूहिक रुपमा जमघट गर्ने नहुने भएकाले यस वर्ष पनि गौराको रौनक नभएको स्थानीयले बताए। स्थानीय प्रशासनले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मेला पर्व तथा भीडभाड गर्न रोक लगाएको छ।

 


१२ भदौ २०७८, शनिवार ०९:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु