दार्चुलामा ५२ मेट्रिकटन मह उत्पादन

दार्चुलामा मह उत्पादन वृद्धि भएको छ । गत आर्थिक वर्षमा जिल्लाका मह उत्पादन भएर ५२ मेट्रिक टन पुगेको छ । जिल्लामा अघिल्लो आर्थिक बर्षको तुलनामा १२ प्रतिशतले बढी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।

सरकारी तथा गैरसरकारी निकायबाट अनुदान तथा प्राविधिक सहयोग पाएपछि यहाँका केही किसानले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाशकुमार पन्तले बताए । उनका अनुसार किसानले गत वर्ष २५ सय आधुनिक घार तथा ४ हजार मुणेघारबाट ५२ मेट्रिक टन मह उत्पादन गरेका छन ।

जिल्लाका सबै स्थानीय तहमा मह उत्पादन हुने भए पनि लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउदै छ । परम्परागत रूपमा मौरी पालन गर्दै आएका किसानहरू विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित हुँदा उत्पादनमा वृद्धि भएको पन्तले बताए । यहाँका किसानहरूले बार्षिक पाँच करोड २० लाखको मह बिक्री गर्ने गरेका छन ।

 


७ भदौ २०७८, सोमवार १४:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु