punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट जोगाउन मास्क, हात धुन बाल्टी, जग र साबुन प्रदान

Chaupati
safha napa

धनगढी : कोरोना संक्रमणको जोखिमबाट जोगिन धनगढीमा संघसंस्था र व्यवसायीले स्वस्र्फुत ढंगले स्थानीय प्रशासनलाई सहयोग गर्न थालेका छन् ।

मास्क र हात धुने व्यवस्था नभएका कारण संक्रमण फैलिने जोखिम बढेको समाचार बाहिर आएपछि धनगढीका सामाजिक संघसंस्था र व्यवसायीले मास्क, बाल्टी, जग र साबुन प्रशासनलाई प्रदान गरेका छन् ।

राठी ईन्टरप्राईजेज धनगढीका सञ्चालक सुरेन्द्र राठीले शुक्रवार दिउसो कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई तीन सय थान मास्क हस्तान्तरण गरे ।

त्यस्तै राठी अध्यक्ष रहेको संस्था कैलाली हार्डवेयर संघले ५० थान प्लाष्टिकको बाल्टी र सोही संख्यामा जग र सावुन प्रदान ग¥यो ।

यसैगरी सेसी र ग्राम विकास तथा अनुसन्धान केन्द्रका तर्फबाट प्रादेशिक संयोजक महेन्द्र बहादुर शाही र जिल्ला कार्यक्रम संयोजक ठाकुर करिया प्रधानले प्रमुख जिल्ला अधिकारी बोहरालाई ५० थान प्लाष्टिकका बाल्टी र सोही संख्यामा जग र सावुन प्रदान गरे ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा भेला भएका व्यवसायीहरुले आआफ्नो तर्फबाट कोरोना रोकथामका लागि सहयोग गर्ने प्रतिबद्धता गरे ।

बरिष्ठ उद्योगपति तथा समाजसेवी श्याम तायलले पाँच सय थान मास्क प्रदान गर्ने बताए । बरिष्ठ उद्योगपति तायलले कोरोना रोकथामका लागि स्थानीय प्रशासन तथा सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता गर्दै बिरामीको उपचारमा संलग्न चिकित्सक तथा उद्दार तथा सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको अवस्था जोखिमपूर्ण भएकोले चिकित्सकहरुलाई एप्रोन, ग्लोव्स एवं मास्क र सुरक्षाकर्मीलाई मास्क उपलब्ध गराउन तयार रहेको बताए ।

त्यस्तै रोटरी क्लव अफ धनगढीका अध्यक्ष हरीशंकर ठाकुरले कम्तिमा पाँच सय मास्क उपलब्ध गराउने बताएका छन् ।सार्वजनिक स्थल तथा सेवाग्राहीको भीडभाड सार्वजनिक निकायमा कोरोनाको संक्रमण फैलिने जोखिम अत्याधिक हुने भएकोले ती स्थानमा प्रवेश गर्ने हरेक व्यक्तिलाई सावुन पानीले हात धुने व्यवस्था गर्न शुक्रवार धनगढीका व्यवसायी र सामाजिक संघसंस्थाले जिल्ला प्रशासन कार्यालय कैलालीलाई प्लाष्टिकको बाल्टी, जग र साबुन हस्तान्तरण गरेका हुन् ।


७ चैत २०७६, शुक्रवार ०९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु