punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय नम्बर प्लेटको गाडी नेपाल प्रवेशमा रोक

Chaupati
safha napa

कञ्चनपुर : कञ्चनपुरको पश्चिम नाका गड्डचौकिमा भारतीय नम्बर प्लेटका गाडीहरू नेपाल प्रवेशमा रोक लागिएको छ। विश्व भर फैलिएको करोना भाइरस सङ्क्रमणको सम्भावना रहने भन्दै भारतबाट नेपाल आउने भारतीय गाडीमा रोक लगाइएको हो।

पश्चिमी नाका गड्डाचौकीमा बिहान, दिउँसो र साँझ भारतबाट नेपाल फर्किने नेपालीहरूको भिड लाग्ने गरेको छ । यसका साथै ग्रुपमै भारतीयहरू समेत नेपाल आवतजावत गर्ने गरेका थिए । सीमामा यातायात बन्द गरेपछि आवतजावत नै ठप्प भएको इलाका प्रहरी कार्यालय गड्डाचौकी का प्रमुख प्रहरी नायव निरीक्षक नरेन्द्र बहादुर चन्दले बताए ।

उनका अनुसार कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि सवारी साधन आवागमनमा समेत रोक लगाइएको हो । साना रिक्सा अटो टाँगा समेतलाई रोक लगाउँदा यात्रुहरुलाई समस्या परेको छ । यसरी घर फर्किरहेकाहरूलाई गड्डाचौकीलगायत अन्य नाकामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँचपछि मात्रै नेपाल भित्रिने व्यवस्था मिलाइएको छ तर पनि यातायातमै रोक लगाउँदा यात्रहरु मारमा परेका छन् ।


७ चैत २०७६, शुक्रवार ०९:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु