punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तलकोटका एक हजार ६२ घरधुरीमा धारा जडान

Chaupati
safha napa

तलकोट गाउँपालिका–१ मा तेलेकाँडा बहुउपयोगी खानेपानी योजना सम्पन्न भएपछि सात हजार ३९५ जना लाभान्वित भएका छन्। योजनाले एक हजार ६२ घरधुरीमा धारा जडान गरिएको जलस्रोत इन्जिनियर लोकेन्द्र ओलीले जानकारी दिए।

आर्थिक वर्ष २०७४र७५ देखि तलकोटको वडिगाउँ, धामीगाउँ लगाएतका ठाउँबाट सुरु गरिएको खानेपानी योजना निर्माण सुरु गरिएको थियो। योजना सफल बनाउन तलकोट गाउँपालिकाले २ करोड १८ लाख‚ उपभोक्ताको जनरश्रमदान २ करोड ६१ लाख र नेपाल सरकार, फिल्याण्ड सरकार तथा युरोपियन युनियनको ५ करोड ३१ लाख रुपैयाँ लागेको छ।

घर–घरमा धारा बनेपछि पानी पिउनलाई मात्र नभई खेर गएको पानीलाई उपयोग गरी आयआर्जनमा जोड दिनुका साथै सुनिकोट सदरमुकाम चैनपुर नजिक भएकाले तरकारी पकेट क्षेत्र बनाउनुपर्ने र ग्रामीण जलस्रोत परियोजनाले गरेका कामहरु समुदायमा प्रभावकारी बहुउपयोगी भएको जिल्ला समन्वय समिती प्रमुख खडक बहादुर खड्काले बताए।

तलकोट गाउँपालिका–२ रुपातोलाका ४२ वर्षीय धन्जय जोशीले आफूजस्तो अपांगता भएकाहरुका लागि घरमै धारा बनेपछि सजिलो भएको बताए ।त्यस्तै तलकोट–१ सुनिकोटकी ६० वर्षिया केशमती ऐडीले घरघरमा धारा बनेपछि गाई बस्तुलाई खुवाउन, चर्पी सफा गर्न र सरसफाई गर्न सहज भएको बताइन्। साथै‚ टाढाबाट पानी बोकेर ल्याउनुपर्ने दुःख हटेको बताइन्।


३२ साउन २०७८, सोमवार ०८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु