सर्पको टोकाइबाट बालकको मृत्यु
डोटीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको पुर्वीचौकी गाउँपालिका –६ गांजरी बस्ने दिनेश भण्डारीका छोरा ५ वर्षीय हेमराज भण्डारीलाई घर आँगनमा खेल्ने क्रममा सर्पले टोक्दा मृत्यु भएको हो।
सर्पले दाहीने खुट्टाको बुढी औँलामा टोकी घाइते भएका उनको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
३१ साउन २०७८, आइतवार २१:११ बजे प्रकाशित































