शेखमुनिरलगायतका व्यक्तिहरुले जबरजस्ती मासु पसल हटाउन लागेको आरोप
धनगढी उपहानरपालिका वडा नम्बर १ पशुपति टोलमा रहेको मासु पसल सञ्चालन गरिरहेका पप्पु कुरैसीले केही मानिसहरुले आफूलाई जबरजस्ती आफ्नो मासु पसल हटाउन लागिरहेको आरोप लगाएका छन् ।
कुरैसीले आइतबार धनगढीमा पत्रकारसंग भेटघाट गर्दै मस्जिदको दक्षिणतिर भाडामा सञ्चालन गरिरहेको मासु पसल आफ्नै समुदायका केही व्यक्तिहरुले जबरजस्ती हटाउन लागिरहेको आरोप लगाएका हुन् । उनले मस्जिद नजिकै रागाको मासु पसल सञ्चालन गरिरहेका छन् ।
उनले शेखमुनिर खान, यामी कुरैसी, पप्पु कुरैसी र सैजादे सल्मानी मिलेर आफ्नो मासु पसल जबरजस्ती हटाउन लागिरहेको आरोप उनको छ । ‘पाँच वर्ष अघि मस्जिद नजिकैको ठाउँमा बस भनेर ठाउँ दिने मानिसहरुनै अहिले मलाई हटाउन धनगढी उपमहानगरपालिकामा पनि धाइरहेका छन्,’ उनले भने, ‘यो सबै शेखमुनिरको डिजाइनमा भइरहेको छ ।’
पाँच वर्ष अगाडि आफै यहाँ बस भनेर ठाउँ दिने मानिसले नै अहिले रिसले आफूलाई हटाउन लागेको उनको भनाई छ । ‘मेरो पसल राम्रो चल्न थालेपछि उनले पनि रिसले मेरै पसल नजिक मासु पसल राखे,’ उनी भन्छन्, ‘पछि आफ्नो नचलेपछि आफ्नो हटाएर अहिले मेरो पसल पनि हटाउन लागिरहेका छन् । उनले नगरपालिकाका कर्मचारीलाई पनि प्रभावमा राखेर पलस हटाउने प्रयास गरिरहेका छन् ।’
मस्जिद नजिकै फोहोर भयो भन्ने बाहाना बनाएर आफूविरुद्ध उपमहानगरपालिकामा पनि उजुरी दिएर षड्यन्त्र गरिरहेको कुरैसीको आरोप छ । उजुरी परेपछि उपमहानगरपालिकाका कर्मचारी आएर पनि आफ्नो पसल हेरेको उनले बताए ।
आफूविरुद्ध उजुरी परेपछि शेखमुनिरको प्रभावमा परेका उपमहानगरपालिकाका कर्मचारी टंक विष्टले आफ्नो मासु पसल नविकरण नगरिदिएको उनको आरोप छ । ‘पसल नविकरण गरौं भनेर उपमहानगरपालिकामा जाँदा कर्मचारी टंक विष्टले मलाई आँखा छैन, उजुरी परेको भनेर थर्काएर पठाए,’ उनले भने, ‘मेयरसापले भने हटेपछि मस्जिद नजिकका सबै पसललाई हटाइन्छ, नत्र तपाईलाई मात्रै कसैले हटाउँदैन चिन्ता नगर्नु भएको छ ।’
उनले शेखमुनिरले आफूलाई मस्जिदको माथिल्लो तलामा बोलाएर सात लाख दिएपछि जीवन बीमा पनि हुन्छ, पसल पनि सञ्चालन गर्न पाउँछस भनेर बार्गेनिङसमेत गरेको उनको भनाई छ । पैसा र शक्तिको आडमा उनले आफूजस्ता कैयौंलाई थिचोमिचो गरिरहेको उनको आरोप छ ।
मासु पसल आसपासका कसैले पनि विरोध नगरिरहेको अवस्थामा अर्को गल्लीका मानिस शेखलगायतका आफ्नै समुदायका व्यक्तिहरु आफूविरुद्ध लागेको उनको दुखेसो छ । यस विषयमा बुझ्दा स्थानीयबासीले पनि शेखमुनिरले उनको रिस गरेर मासु पसल हटाउन तिकडम गरिरहेको आराप लगाएका छन् ।
३१ साउन २०७८, आइतवार २०:५२ बजे प्रकाशित































