punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णाली नदीमा दुई दिनदेखि सुख्खा पहिरो खस्दै, नदी थुनिने खतरा (भिडियोसहित)

Chaupati
safha napa

बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ रुणीको तल र छुद्दरी गाउँको नजिकै कर्णाली नदीमा सुख्खा पहिरो गएको छ । गाउँको मूनिबाट दुई दिनदेखी निरन्तर पहिरो खस्न थालेको हो ।

जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १, को छुद्ररी नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुगां,माटो जम्मा भएर कणाली नदी थुनिने सम्भावना रहेको जगन्नाथ गाउँपालिकाका रोजकगार संयोजक लक्ष्मण जोशीले बताएका छन ।

दुई दिनदेखि लगातार पहिरो आउने क्रम जारी रहेकाले जुड्डी आसपासका क्षेत्रमा जोखिम बढेको उनले बताए । सो पहिरोका कारण रूणी गाउँका १ सय ५० घरधुरी उच्च जोखिममा रहेको स्थानीय नन्द बहादुर खत्रीले बताए ।

कर्णाली नदी थुनिएमा जगन्नाथ गाउँपालिकाको कार्यालय र सोही क्षेत्रमा रहेको प्रहरी चौकी समेत जोखिममा रहने जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक जोशीले बताए । यता जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो निरन्तर बगेकोले नजिकैका गाउँहरू जोखिममा रहेको जनाएको छ ।


३१ साउन २०७८, आइतवार २१:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु