कैलालीमा बढ्यो लागूऔषध कारोबार

कैलालीमा २० दिनयता लागूऔषध सम्बन्धित १९ घटना प्रहरीमा दर्ता भएका छन् । साढे ५ किलोभन्दा बढी चरेस, करिब ६५ ग्राम ब्राउन सुगर, र नाइट्रमेभेटको चार दर्जन ट्याब्लेट बरामद गरेको छ ।

डीएसपी प्रतकि विष्टले दिनहुँजसो लागूऔषध सेवनकर्ता र कारोबारी पक्राउ पर्ने गरेको बताए । उनका अनुसार साउन महिनामा मात्रै ब्राउनसुगरका १५ घटनामा २१ जना, नाइट्रभेटमा १ र चरेसका ३ घटनामा ४ जना गरी २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । तर, प्रहरीले लागूऔषधका ठूला कारोबारीलाई भने पक्राउ गर्न सकेको छैन ।

डीएसपी बिष्टले कैलालीमा खुला सीमाको कारण लागूऔषध कारोबार बढेको बताए । उनका अनुसार ब्राउन सुगर, नाइट्रोभेट टेवलेट जस्ता लागूऔषध भारतबाट भित्रिने गरेको छ । चरेस मात्रै नेपालबाट भारत जाने गरेको छ ।

प्रहरीले लागूऔषध बरामद र कारोबारी पक्राउ अधिकांश सेवनकर्ताको बस्ने अड्डाबाट मात्रै गरेको छ । उनले यो वर्ष ७ भारतीय नागरिक लागूऔषधको केसमा पक्राउ गरेको जनाए ।


२३ साउन २०७८, शनिवार १२:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु