कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससागै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार संख्या पुगेको छ ।

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट ३ जेठ २०७७ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।


२२ साउन २०७८, शुक्रवार १९:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु