कांग्रेसले साउन २८ गतेलाई बोलायो केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। साउन २८ गते दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो।
बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ।
नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार, रामकृष्ण यादवलगायत बालुवाटार पुगेका छन्।

२२ साउन २०७८, शुक्रवार १९:१८ बजे प्रकाशित












