बेदकोटमा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु
कञ्चनपुरको बेदकोट नगरपालिकाले अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु गरिएको छ । बुधबारदेखि नगरपालिकाले १ नम्बर वडाबाट नागरिकको ऐलानी जग्गा नाप्ने कामको शुभारम्भ गरेको हो । हात्तिथला १ की गौरादेवीको जमिनमा जिपिएस प्वाईन्ट राखिएकोछ । सो संगै नगरका ९ हजार नागरिक जमिनका मालिक बन्ने भएका छन ।
बेदकोट नगरका मेयर अशोक कुमार चन्द, प्रदेशका समाजिक विकास मन्त्री लाल बहादुर खडका, प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले संयुक्त रुपमा जिपिएर प्वाईन्टको उद्घाटन गरेका छन ।
संघ सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजी गर्ने निर्णय गरेपनि बेदकोट स्थानीय सरकारले ऐलानी जमिन नाँपजाँज शुरु गरिने जनाएको छ । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले नगरका ६० प्रतिशत नागरिकसंग जमिनको स्वामित्व नभएको बताए ।मेयर चन्दले गत फागुनदेखि लगत संकलन गरिएको बताउदै लगत प्रविष्ट गरिएको बताए ।
बेदकोट नगरमा ५ सय ६१ भूमिहिन दलित, सुकुमबासी र ८ हजार ६ स ५१ ले अव्यवस्थित बसोबासीमा फारम भरेका छन ।
२० साउन २०७८, बुधवार १६:२९ बजे प्रकाशित












