कोरोनाबाट आज ३५ को निधन, ४ हजार बढी संक्रमित

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट ३५ जनाको ज्यान गएको छ । यस्तै ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ जनामा पीसीआर तथा ४ हजार ९ सय ४४ एन्टिजेन गरी १६ हजार २ सय ९८जनामा परीक्षण गरिएको थियो ।

त्यसैगरि आज १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर ३३ हजार ४ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् ।


२० साउन २०७८, बुधवार १७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु