कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

कैलाली ।  कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १४ वर्षीया किशोरीमाथि बलात्कार भएको हो।

जिल्लाको जानकी गाउँपालिका–६ का ४१ वर्षीय धरमबिर चौधरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।

घट्ना १४ गतेको भएपनि ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।


२० साउन २०७८, बुधवार १५:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु