नदीमा नुहाउने क्रममा बेपत्ता बालिका मृत फेला

कैलालीको कान्द्रा नदीमा नुहाउने क्रममा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको भजनी नगरपालिका–९ स्थित कान्द्रा नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएकी डमपुरका धनबहादुर सिंहकी ६ वर्षीया छोरी अनु सिंह मृत फेला परेकी हुन्।

खोजतलास गर्ने क्रममा बालिकाको शव शनिबार बिहान माटोको ढिस्कोमा भेटिएको प्रहरी चौकी गन्जवाले जनाएको छ।

नदीमा नहाउनेक्रममा शुक्रबार तीन बालिका नदीमा डुबेका थिए । त्यसमध्ये दुई
धनबहादुरकै ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी सात वर्षीया छोरी जेनी चौधरीको शुक्रबारनै मृत्यु भएको थियो ।


१६ साउन २०७८, शनिवार १५:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु