२४ घण्टामा ३ हजार ६११ कोरोना संक्रमित थपिए, २७ को मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७८३ जनाको पीसीआर परीक्षणमा २ हजार ४६७ र ४ हजार ८७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १४४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।


१५ साउन २०७८, शुक्रवार १९:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु