Hotel Flora Long Ad

कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीको कान्द्रा नदीमा नुहाउनेक्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ९ डोमपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा स्थानीय धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी सात वर्षीया छोरी जेनी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

उनका अनुसार अर्की एक ६ वर्षीया अनु सिंह बेपत्ता भएकी छन् । उनको खोजी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।


१५ साउन २०७८, शुक्रवार १८:२६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु