भारतमा दोस्रो दिन लगातार ४३ हजारभन्दा बढी संक्रमित थपिए
भारतमा ४३ हजार ५०९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। बुधवारपनि भारतमा ४३ हजारभन्दा बढीमा संक्रमण देखिएको थियो।
पछिल्लो केही दिनयता संक्रमितको संक्रमणमा पुन: वृद्धि भएपछि भारतमा सक्रि कोरोना संक्रमितको संख्या फेरि ४ लाख नाघेको छ। हाल भारततर ४ लाख ३ हजार ८४० सक्रिय कोरोना संक्रमित रहेका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ३८ हजार ४५६ जना संक्रमण मुक्त भएका छन्।
१४ साउन २०७८, बिहीवार ११:५१ बजे प्रकाशित













