punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

असोज १५ देखि कोरोनाको तेस्रो लहर सुरु हुन सक्छ : स्वास्थ्य मन्त्रालय

Chaupati
safha napa

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण ह्वात्तै बढ्न सक्ने बताएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढीरहेको भन्दै मन्त्रालयले संक्रमणको आगामी ५ महिनामा करिब २ लाख संक्रमित थपिन सक्ने बताएको हो ।

मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि कोरोना संक्रमणको तेस्रो लहर अआउन सक्ने बताएको हो ।

मन्त्रालयका अनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम रहेको छ ।

संक्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ ।


११ साउन २०७८, सोमवार १६:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु