कैलालीका एसपी अधिकारीसहित ९ प्रहरी पुरस्कृत
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी पुरस्कृत भएका छन्। जिल्लाको टिकापुर नगरपालिका ३ वर्षीय बालक विवेक बिष्टको हत्याको सफल अनुसन्धान गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट उनी पुरस्कृत भएका हुन्।
साथै उक्त घटनामा आफुलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी अनुसन्धान कार्यलाई सहजता पुर्याएको भन्दै प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा, प्रहरी निरीक्षक लालबहादुर ऐर, प्रहरी सहायक निरीक्षक अनिल शाह र कृष्ण मल्ल, हवल्दार गणेशबहादुर सेठ्ठी, प्रहरी जवानहरु जयराम चुनारा, शिशिर शर्मा र नन्दराज भट्टलाई पनि नगदसहित सम्मान गरिएको छ ।
५ साउन २०७८, मंगलवार १७:३६ बजे प्रकाशित













