punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, भारतसहित यी ६ देश बढी प्रभावित

Chaupati
safha napa

विश्वमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ।पछिल्लो साता संक्रमितको संख्यामा १४ प्रतिशत वृद्धि भएको छ।

बितेको एक सातामा विश्वका ३२ लाख ४ हजार ३३२ जनामा संक्रमण पुष्टि भएको थियो। योभन्दा अघिल्लो साता संक्रमित हुनेको संख्या २८ लाख ४ हजार ४६६ जना रहेको थियो।

पछिल्लो साता अमेरिकामा ५९ प्रतिशत, स्पेनमा ६६ प्रतिशत, इन्डोनेसियामा ४३ प्रतिशत, नेदरल्याण्ड्समा ५१२ प्रतिशत, मेक्सिकोमा ५० प्रतिशतले संक्रमितको संख्या वृद्धि भएको छ।

यस्तै, भारतमा संक्रमण उकालो लागेको छ । विभिन्न राज्यले लकडाउन खुकुलो गरेसँगै संक्रमितको संख्या उकालो लाग्न थालेको हो।

वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ८५४ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार यो संख्या ४० हजार २१५ र मंगलबार ३० हजार ८२७ जनामा कोरोना संक्रमण देखिएको थियो।

भारतमा हालसम्म ३ करोड ९ लाख ८६ हजार ८०३ जनामा कोरोना पुष्टि भइसकेको छ।


३१ असार २०७८, बिहीवार ०८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु