punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वर्षाका कारण कञ्चनपुर जलमग्न, धान खेती बगरमा परिणत

Chaupati
safha napa

कञ्चनपुर । गएरातीदेखिको निरन्तर वर्षाको कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर लगायत विभिन्न गाउँहरू जलमग्न बनेका  छन् । चुरे भएर बग्ने खहरे खोलामा आएको बाढीका कारण विभिन्न ठाउँहरू जलमग्न भएका हुन् ।

ढल निकासको उचित व्यवस्थापन नहुँदा सदरमुकाम महेन्द्रनगर पनि डुबानमा परेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं। १० का सयौँ  बिगाहा खेतीयोग्य जमिने वर्षा सँगैको बाढीले बालुवा थुपारे पछि बगरमा परिणत भएका छन् ।

दोधारा चाँदनीको कुतियावकर नजिक रहेको बैतिफाँटा र सुर्खेती टोलका नजिक महाकाली नदी र जगबुडा नदीमा आएको बाढीको कारण किसानहरूको जग्गामा लगाएको धान खेती पुर्णरुपमा नष्ट भएको छ । महाकाली नदीमा पानीको बहाव तीव्र भएपछि जगबुडा नदीको बहाव महाकाली नदीमा ठोक्किएपछि नदीको भँगालो बैतिफाँटा र सुर्खेती टोलमा पस्ने गरेको छ ।

जगबुडा नदीमा पानी ओभरफ्लो भएपछि नदी बस्तीमा पस्ने गरेको कारण दोधारा चाँदनी नगरपालिका–१० का तटीय क्षेत्रमा बसोबास गर्ने बस्तीहरू डुबानमा पर्दै आएको स्थानीयवासी मोहन सुनारले बताउनुभयो  ।


२७ असार २०७८, आइतवार १४:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु