punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढी प्रभावित क्षेत्र मेलम्ची जाँदै प्रधानमन्त्री ओली

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्ने भएका छन् ।

मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री ओली शनिवार नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जाँदैछन् ।

प्रधानमन्त्री ओली बिहान १० बजे सिन्धुपाल्चोक जाने कार्यक्रम छ ।प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्‍याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० अरुण पोखरेलले प्रधानमन्त्री ओलीबाट शनिवार सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमबाटै ओलीले राहत कार्यक्रम समेत घोषणा गर्ने जनाइएको छ ।


२६ असार २०७८, शनिवार ०८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु