punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वीओपी स्थापनापछि फेरियो सीमावर्ती बस्तीको अवस्था

‘घर–आँगनमा बाँधिएका बस्तुभाउ पनि रहन्थेनन्’

Chaupati
safha napa

केहीवर्ष अघिसम्म व्यापक चोरी, तस्करी हुने कैलालीको सीमावर्ती बस्तीहरु अहिले शान्त छन् । राति पनि खुलमखुल्ला चोरी, तस्करी, डकैतीलगायतका अवैध क्रियाकलाप हुँदैनन् । लुकीछिपी हुने गरेको त्यस्ता अबैध क्रियाकलापहरुलाई पनि निस्जेत पारिन्छ । बस्तीमा विगत भन्दा सुरक्षित छन् । स्थानीयबासीले पनि शान्तिको महशुस गरिरहेका छन् । विगतको भन्दा सीमावर्र्ती बस्तीको अवस्था अहिले फरक छ ।

‘घर–आँगतमा बाँधिएका बस्तुभाउ पनि रहन्थेनन्, आँगनबाटै साइकल, पानी मोटरलगायतका बस्तुहरु पनि चोरिन्थे,’ कैलालीको धनगढी उपमहागनरपालिका वडा नम्बर १० का शारदाप्रसाद राना विगत सुनाउँदै भन्छन्, ‘ अहिले त्यो अवस्था छैन, हामीले सुरक्षा पाएका छौं ।’ छिमेकी देश भारतसंग एक सय किलोमिटर खुला सीमाना भएको कैलालीमा अहिले बोर्डर आउट पोष्ट (विओपी)हरु स्थापना गरिएका छन् । सरकारले एक वर्ष अघिदेखि सीमा क्षेत्रमा सशस्त्रका विओपीहरु स्थापना गरेको छ ।

एक सय किलोमिटरको खुला सीमाना भएको कैलालीमा एक वर्ष अघिसम्म चारवटा मात्रै विओपी थिए । सरकारले गत वर्षदेखि बढाएर १६ पुर्याएको छ । सुरक्षाको अवस्थालाई हेरेर केही दुरीको फरकमा सीमा क्षेत्रमा विओपीहरु स्थापना गरिएका छन् । विओपी स्थापना भएपछि विगतमा चोरी, डकैती र तस्करीबाट आजित भएका स्थानीयबासीले अहिले सुरक्षित महशुस गरिरहेका छन् । ‘पहिले आलु, प्याजलगायतका व्यापारिक सामग्रीहरु व्यापक रुपमा खुलमखुल्ला ओसार पसार हुने गथ्र्यो,’ स्थानीय राममिलन रानाले भने, ‘अहिले खासै देख्न पाइँदैन । सीमा क्षेत्रमा थप कडाई गर्नुपर्छ ।’

विओपी स्थापना भएपछि जनताले शान्ति महसुश गर्न पाएको विओपी जुगेका ‘सई’ कृष्ण थापाले बताए । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर डिउटीले गर्दा चोरी तस्करी कम भएको उनले बताए । ‘पहिले गाउँमै आएर चोरी, डकैती हुने गरेको भन्ने सुनिन्छ,’ उनले भने, ‘अहिले त्यस्तो भएको छैन, सीमा क्षेत्रमा हुने अबैध ओसारपसार पनि रोकिएको छ ।’

भारतसंग जोडिएको कैलालीको भजनी नगरपालिकाकाको केही भागमा पनि यसैगरी चोरी, डकैती, लुटपाटलगायतका घटनाहरु हुन्थ्ये । सीमावर्ती भारतीयहरुनै गाउँमा आएर चोरी तथा लुटपाट मच्चाउँथे । स्थानीयहरु रातिको समयमा जाग्रामनै बस्थे । त्यति मात्रै नभई महिलाले पहिरिएका सुनका गहना पनि जोगाउन गाह्रो थियो । तर, अहिले उनीहरुले त्यो समस्या हटेको छ । स्थानीयबासी अहिले रातमा सुकुनसंग निदाउन पाएका छन् ।

‘पहिले घरका गोठमै बाँधेका राँगा भैसा पनि रातारात चोरी हुन्थे,’ भजनी नगरपालिका वडा नम्बर ५ कि कल्धरी धामीले भनिन्, ‘राँगा–भैसा जोगाउन पनि बाहिरै जाग्राम बस्नुपथ्र्यो ।’ स्थानीयका अनुसार सो क्षेत्रमा राति मात्रै नभई दिउँसै पनि भारततिरबाट आउने व्यक्तिहरुले चोरी डकैती तथा लटपाट मच्चाउने गर्थे ।

विगतमा गाउँमा घरमै बाँधेका र चराउन लगेका गाई बस्तु पनि जोगाउन अप्ठेरहेको रहेको स्थानीय दानबहादुर बुढा बताउँछन् । ‘भारतीय चोर तस्करहरुले नेपालतिर आएर रातारात रुखहरु पनि काटेर गाडीमा लोड गर्दै लैजान्थे’ उनले भने, ‘हामीले केही गर्नै सक्दैन थियौं, त्यो सम्झिदा त अहिले हामीले निकै सुख पाएका छौं । शान्तिको स्वास फेर्न पाएका छौं ।’ सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिएपछि अहिले त्यस्तो चोरी डकैतीका घटनाहरु नघटेको उनी बताउँछन् ।

यसरी सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाएपछि सीमाको सुरक्षा हुनुका साथै सीमा क्षेत्रमा बस्ने बासिन्दाले पनि सुरक्षाको अनुभूति गरेका छन् । सीमा पारीबाट हुने अबैध क्रियाकलाप रोकिनुका साथै चोरी डकैती पनि पूर्ण रुपमा रोकिएको भजनी नगरपालिका वडा नम्बर ५ कि स्थानीय गोमा धामीले बताउँछिन् । ‘पहिले त हामी राति सुत्नै नै पाउँदैन थियौं,’ उनले भनिन्, ‘अहिले कुनै मतलव छैन । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दिनरात सुरक्षा गस्ती गरिरहेका छ ।’

कैलालीको भजनीमा मात्रै तीनवटा विओपी स्थापना गरिएका छन् भने त्यसअन्तर्गत अस्थायी पोष्टहरु पनि राखिएका छन् । यसअघि भजनी नगरपालिका एउटा मात्रै विओपी थिए । अहिले जिल्लाभर जम्मा १६ वटा विओपी सञ्चालनमा रहेको सशस्त्र प्रहरी बल ३४ नम्बर गण धनगढीले जनाएको छ । अझै सुरक्षाका दृष्ट्रिकोणले संवेदनशील मानिएका क्षेत्रमा थप विओपी स्थापनाका लागि प्रस्ताव पनि गरिएको छ ।

सीमा क्षेत्रमा राखिएका विओपी र कोभिड–१९ लाई मध्येनजर गर्दै त्यसअन्तर्गत राखिएका अस्थायी पोष्टले गर्दा चोरी–तस्करी रोकिएपछि स्थानीय पनि खुशी भएका छन् । भारतले देशका विभिन्न ठाउँमा सीमा अतिक्रमण बढाएपछि त्यसको सुरक्षा गर्न नेपाल सरकारले सीमा क्षेत्रमा विओपीहरु स्थापना गरेको छ ।

कैलालीमा केही विओपीहरु ‘सई’को नेतत्वमा छन् भने अधिकांश ठाउँमा ‘इन्सपेक्टर’को कमाण्डमा विओपी स्थापना भएका छन् । सईको नेतृत्वको विओपीमा मातहतमा २० जना सशस्त्र प्रहरी खटाइएको छ भने ‘इन्स्पेक्टर’ नेतृत्वको विओपीमा २५ जना सशस्त्र प्रहरी खटाइएको छ ।


२१ असार २०७८, सोमवार १८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु