धनगढी वडा नम्बर ८ को कार्यालय उद्धघाटन
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालय उद्घाटन गरिएको छ।भाडाको घरमा कार्य सम्पादन गर्दै आएको वडा नम्बर ८ ले सोमबार कार्यालय उद्धघाटन गरेको हो। उपमहानगरका मेयर नृपबहादुर वडले वडा कार्यालय उद्धघाटन गरेका हुन्। आफ्नै कार्यालयमा बस्न र आफ्नै कार्यालयबाट कार्य सम्पादन गर्न पाएको भन्दै वडा अध्यक्ष नारायण बरालले खुसी व्यक्त गरेका छन्।
२१ असार २०७८, सोमवार १६:५७ बजे प्रकाशित













