punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका सिडिओ ‘फेक फेसबुक आइडी’ को सिकार

Chaupati
safha napa

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको फेसबुकबाट पैसा मागिएको छ । उनको नयाँ फेसबुक खाता खोल्दै सहयोग गर्न भनिएको हो । सिडिओले प्रयोग गर्दै आएको फेसबुक खाताको प्रोफाइल र कभर फोटोको प्रयोग गर्दै नयाँ खाता खोलिएको उनले बताए । तर उक्त खाता अहिले बन्द गरिएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरेर रकम असुल्ने क्रम बढेको छ । अरुको नामको नक्कली फेसबुक आइडी बनाएर विभिन्न व्यक्तिलाई म्यासेज गरेर रकम असुली गर्ने क्रम बढेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोको नक्कली नामको फेसबुक म्यासेन्जरमा २० हजार अनलाइन मार्फत् ट्रान्सफर गर्न माग गरिएको छ । सिडिओ महत्तोले यो आइडीबाट कसैले रिक्वेस्ट पठाएमा स्वीकार नगर्न आग्रह गरेका छन् ।

उनले आफ्नो नामको नक्कली एकाउन्ट बनाएर रकम माग गर्ने विरुद्ध आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको बताएका छन् । नक्कली आइडी बनाएर रकम माग गर्ने विरुद्ध विद्युतीय कारोबार ऐन (साइवर क्राइम) अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरी आवश्यक कारबाहीका लागि पहल गर्न सामाजिक सञ्जालमा लक्ष्मण तिवारीले अनुरोध गरेका छन् ।

यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउदको नाम र तस्बिर राखेर नक्कली फेसबुक आइडी खोलेर सामाजिक सन्जालको दुरुपयोग गरेको छ ।

नेता साउदले सामाजिक सन्जालमा लेखेका छन्, ‘हाल केही दिनदेखि मेरो नाम र तस्बिर राखेर अपरिचित व्यक्तिबाट झुटा फेसबुक आइडी बनाएर राजनीतिक,सामाजिक र आर्थिक क्षति पुर्‍याउने दुरासयले त्यसको दुरूपयोग गरिएको जानकारी प्राप्त हुन आएकाले कसैलाई त्यसबाट साथी बन्नका लागि अनुरोध आएका नस्वीकार गर्न समेत अनुरोध छ ।’ नेता साउदले नक्कली आइडी बनाउने बारे कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको बताएका छन् ।


१२ असार २०७८, शनिवार १५:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु