punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रवासी नेपालीद्वारा बयालपाटा अस्पताललाई आर्थिक सहयोग

Chaupati
safha napa

कोरोना महामारीमा नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रवासी नेपालीहरुले अछामको बयालपाटा अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको छ ।

अछामको साँफेबगर नगरपालिका–३, सिद्धेश्वर घर भई हाल भारतको महाराष्ट्र पुणे बस्दै आएका प्रवासी नेपालीहरुले सिद्धेश्वर प्रगतिशील समाजबाट संकलित नगद रु ३५ हजार प्रदान गरिएको समाजका सचिव रोहित लुहारले जानकारी दिनुभयो ।

असार ९ गते बयालपाटा अस्पतालमा आयोजित एक कार्यक्रममा संस्थाका प्रतिनिधिमार्फत अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशकलाई सहयोग रकम हस्तान्तरण गरिएको सिद्धेश्वर प्रगतिशील समाजका बरिष्ठ सल्लाहकार झङ्कर लुहारले जानकारी दिनुभयो ।

सहयोग रकम बुझ्दै अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. पाठकले प्राप्त रकमले थोरै भए पनि अस्पतालबाट सेवा प्रवाहका लागि सहज हुने बताउनुभयो । उहाँले प्रवासमा रहेका नेपालीहरुले यसअघि पनि अस्पताललाई सहयोग गर्दै आएको उल्लेख गर्दै मानवीय विपत्तीमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यस अवसरमा समाजका अछामस्थित प्रतिनिधि वरिष्ठ सल्लाहकार झंकर विक, सदस्यहरु हर्क बि क, मिनल आउजी, खम्म सुनार, राजन बि क, लक्ष्मण भुल, लोग्जन बाब्ली र बिरेन्द्र विकलगायतको उपस्थिति रहेको थियो ।

समाजले आर्थिक रुपमा समस्यामा परेका विपन्न, विपद्मा परेका नागरिक, रोगी तथा असहायलाई पनि सहयोग गर्दै आएको छ ।


१० असार २०७८, बिहीवार ११:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु