punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा बाल्मिकी ईन्टरनेशनल स्कुल सञ्चालनमा

Chaupati
safha napa

धनगढीमा वाल्मिकी इन्टरनेश्नल स्कुल खुलेको छ। पढाइकै कारण सुदूरपश्चिमबाट पलायन हुनुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै धनगढीमा सुविधा सम्पन्न स्कुल खुलेको सञ्चालकले बताएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै वाल्मिकी इन्टरनेश्नल स्कुलका अध्यक्ष दिनेशराज भण्डारीले सुदूरपश्चिममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न विद्यालय सञ्चालनमा आउन लागेको बताएका हुन्।

विभिन्न समाजसेवीको लगानीमा विद्यालय खुलेको अध्यक्ष भण्डारीले बताए। ‘धेरै अभिभावकले आफ्ना बालबालिकाहरुलाई पढाउन बाहिर पठाउने गर्छन। सँगसँगै आफूहरु पलायन हुनुपर्ने प्रवृति देखिएको हुँदा हामीले यो विद्यालय खोलेका हौँ’ उनले भने।

उक्त विद्यालयको किताबी पढाई मात्रै नभएर बहुआयामिक व्यक्ति तयार गर्ने उदेश्य रहेको बताइएको छ। उक्त विद्यालयमा २०औँ वर्ष शिक्षा क्षेत्रमा योगदान भएका दक्ष र अनुभवी शिक्षकबाट पढाइ हुनेछ।

हालसम्म १२ करोड ३० लाखको लगानीमा विद्यालय खोलिएको विद्यालयका अध्यक्ष दिनेशराज भण्डारीले बताए। पछि ४२ करोड ३० लाख अझै लगानी थप्ने उनको भनाई छ। उक्त विद्यालयमा ४० जना लगानीकर्ता रहेका छन्।

अहिले विद्यालयमा भर्ना सुरु भइसकेको र असार १५ गतेदेखि कक्षा सञ्चालनमा आउने बताइएको छ। तर कोरोना महामारीका कारण हाल अनलाइन कक्षा सञ्चालन हुने अध्यक्ष भण्डारीले बताए।

विद्यालयमा अहिले नर्सरीदेखि ९ कक्षासम्म अध्यापन हुनेछ। अर्को वर्षदेखि भने माथील्लो तहका कक्षा सञ्चालन हुने उनले बताए।

 


९ असार २०७८, बुधवार २०:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु