बैतडीमा ३ दिनदेखी बेपत्ता बालीकाको शव भेटियो

बैतडीमा ३ दिन देखी बेपत्ता एक बालीकाको शव भेटिएको छ । गत मंगलबार नुहाउने क्रममा बगेर बेपत्ता भएकी जिल्लाको पाटन नगरपालिका – १ सकारकी ११ वर्षिया बालीका नितु विकको शव भेटिएको हो ।

साथीहरुसँग नदीमा नुहाउन गएकी नितु बगेर बेपत्ता भएकी थिईन । मंगलबार बेपत्ता भएकी उनको जिल्लाको पाटन नगरपालिका –१ अड्तोलामा प्रहरी र स्थानीयको सहयोगमा शव भेटिएको हो ।


१० असार २०७८, बिहीवार १२:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु