कञ्चनपुरमा थप काेराेना संक्रमणबाट ५ जनाको मृत्यु
कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचारका क्रममा थप ५ को मृत्यु भएको हाे ।
जिल्लाको भिमदत्त १९ का ४९ बर्षिय पुरुष,भिमदत्त १६ का ६० बर्षिया महिला, शुक्लाफाँटा १० का ५२ बर्षिय पुरुष,कृष्णपुर २ का ३५ बर्षिय पुरुष, र कैलालीको गौरीगंगाका ८ का ७६ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी गराइन ।
यस्तै आज जिल्लामा आज थप ४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । थप १८९ जना संक्रमण मुक्त भएका छन् ।
१६ जेठ २०७८, आइतवार १७:१७ बजे प्रकाशित













