punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक महिला आफ्ना दुई सन्तानसहित जंगलमा मृत फेला

Chaupati
safha napa

प्युठानमा एक महिला आफ्ना दुई सन्तानसहित मृत फेला परेकी छन्।

प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार आफ्ना दुई सन्तानसहित स्थानीय जंगलमा मृत फेला परेकी हुन्। गायत्रीसँगै उनका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरीलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकको जंगलमा रुखमा झुण्डिएको अवस्थामा तीनैजनाको शव फेला परेको हो।

सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा रहेको माइती घरजान भनेर घरबाट गायत्री निस्किएकी गायत्री माइत नगई बेपत्ता भएकी थिइन्।

खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको उनका ससुरा गिरबहादुर सुनारले जानकारी दिए। मृतक गायत्रीका पति रोजगारीका शिलशिलामा भारतमा छन्।

जंगलमा भेटिएका तीनवटै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको प्रहरी निरीक्षक गैरेले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


१२ जेठ २०७८, बुधवार ०८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु